fbpx

नेकपाको सचिवालय बैठक : विदेश भ्रमणको रिपोर्टिङमै सिमित !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक पुन: २४ गते बस्ने भएको छ । पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठकमा कुनै छलफल नभएपछि बुधबार बिहान ८ बजे बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निवास बालुवाटार आज बिहान ८ बजे बस्ने भनिएको बैठक  केही समय ढिला सुरु भएको थियो । वालुवाटार जारी बैठक केही बेरअघि मात्र सकिएको छ। स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएको बैठक नेताहरुको विदेश भ्रमणको रिपोर्टिङमै सकिएको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको अहिलेको परिवर्तन र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराएको, दुई पक्षीय सम्बन्ध बिस्तारको लागि उच्च स्तरिय भेटघाट भएको र सफल भएको बारे जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

त्यस्तै बैठकमा माधव नेपालले चीन र घाना भ्रमण र प्रवक्ता श्रेष्ठको चीन भ्रमणका विषयमा अवगत गराएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार