fbpx

आगामी निर्वाचनमा काङ्ग्रेस ठूलो पार्टी बन्छ :- भण्डारी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले आगामी निर्वाचनबाट नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो पार्टी बन्ने जिकिर गरेका छन् ।

काङ्ग्रेस भानु नगरसमिति–१२ ले आज कवाजितमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भण्डारीले पार्टीभन्दा ठूलो कोही हुन सक्दैन भन्दै पार्टीलाई बलियो बनाउने गरी कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए ।

विगतका कमजोरीलाई सुधार गर्दै आपसी छलफलबाट पार्टीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै भण्डारीले भने, “आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार