सिम्रौनगढमा काँग्रेस विजयी


Share This

नेपालबहस संवाददाता    

६ असोज, काठमाडौं । सिम्रौनगढ नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका विजयशंकर यादवले जित हात पारेका छन् ।

यादवले ५,१३५ र निकटतम प्रतिद्वन्द्वी राजपाका किशोरी साह जयसवालले पाँच हजार ११५ मत ल्याएका छन् । साहलाई काँग्रेस टिकट नदिएपछि पार्टी परिवर्तन गरी राजपाबाट उठेका थिए ।

यसैगरी उपप्रमुखमा राजपाकी मीरा देवीले काँग्रेसका रीताकुमारी देवीलाई उछिन्दै पाँच हजार ५१४ मतसहित जित हात पारेकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस रीता कुसवाहाले तीन हजार ९१७ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत चन्द्रबहादुर सिजाइलीले जानकारी दिए ।

विश्रामपुरमा लोकतान्त्रिक फोरम

विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । पार्टीले बारामा पहिलो पल्ट खाता खोलेको हो । फोरमका अमिरीलाल राउतले तीन हजार ६ सय २६ र उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जुल्लेफेकार अलि भुटोले एक हजार ५१२ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा नेपाल लोकतान्त्रिक फोरमकी सुमित्रादेवी साहले दुई हजार ३१४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाकी मधुमाया यादवले एक हजार २६० मत ल्याएका छन् ।
–––

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार