fbpx

विवेकशील साझा पार्टी फुट्यो, थापाले दिए नयाँ दल दर्ताका लागि निवेदन


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । करिब १६ महिनाअघि एकीकरण विवेकशील साझा पार्टी फुटेको छ। वैकल्पिक पार्टीका रूपमा हेरिएको विवेकशील साझाका संयोजकमध्येका एक उज्वल थापाले आफ्नो नेतृत्वमा छुट्टै पार्टी दर्ता गरेका छन्। नयाँ पार्टीको नाम विवेकशील नेपाल  राखिएको छ। केहीदिन अघि पार्टीभित्र देखिएका समस्याका बारेमा संयोजक थापाले सदस्यहरूलाई १६ बुँदे प्रतिवेदन बाँडेपछि पार्टीभित्रको विवाद सतहमा आएको थियो।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट  र रमेश पौडेलसम्म छन् । थापाले हालैमात्र पार्टी गलत बाटोमा हिँडिरहेको निष्कर्षसहित समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए । तर, अर्का संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार