fbpx

कर्मचारी भर्ना गरिएको भन्दै सर्वोच्चमा रिट


Share This

नेपालबहस संवाददाता    

दाङ । कानुन बिना कर्माचारी भर्ना गरिएको भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपकुलपति संगिता भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लोक सेवा आयोग र प्रधानमन्त्री कार्यालयलाइ विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ निवासी कानुन व्यवसायी लोकेन्द्र ओलीले आज सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानले कानुन विपरित करिब एक सय कर्मचारी करारमा नियुक्त गरेको छ । कानुन विपरित नियुक्त गरिएका कर्माचारी बर्खास्तीको माग राख्दै रिट दायर गरिएको उनले बताए । दुई हप्ता देखि साविक राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्माचारीले प्रतिष्ठान मातहतमा राख्नु पर्ने माग राख्दै त्यहाँ आन्दोलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार