fbpx

प्रतिनिधिसभा बैठकमा आज पाँच वटा वार्षिक प्रतिवेदन पेश हुँदै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दुई वटा संवैधानिक आयोगको आर्थिक वर्ष २०७४र७५ को वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । संसद भवनमा आज दिउँसो एक बजे बोलाइएको बैठकमा प्रधानमन्त्रीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्न लागेका हुन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सर्वोच्च अदालत तथा न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ । यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकका सम्बन्धमा समितिको प्रतिवेदन’ गर्ने छन् । प्रतिनिधिसभाको १८ औं बैठकको शुरुवात भने मन्त्रीहरूलाई सांसदको प्रश्नबाट हुनेछ ।

गृह मन्त्री रामबहादुर थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा। युवराज खतिवडालाई मौखिक प्रश्न सोध्ने र जवाफ दिने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार