fbpx

भेनेजुएला प्रकरणमा प्रधानमन्त्री ओली र दाहालकाे दोहोरी !


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेनेजुएला प्रकरणमा देखिएको असहमति सार्वजनिक रुपमै दोहोरी  शुरू भएको छ। नेपाल टेलिभिजनबाट प्रसारित टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा बुधबार साँझ एक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालको वक्तव्यमा ‘स्लिप’ भएको बताए।

डाभोस सम्मेलनका लागि प्रधानमन्त्री स्विट्जरल्याण्डमा रहेका बेला अर्का अध्यक्ष दाहालले भेनेजुएलामा अमेरिकी हस्तक्षेपप्रति रोष प्रकट गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नै आफ्नो समर्थन रहेको उल्लेख गरेका थिए। ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा आफू नेपालमै भएको भए भेनेजुएलाबारे सत्तारुढ दलकै अध्यक्षबाट त्यस्तो विज्ञप्ति नआउने बताए।

‘म भोलिपल्ट आउँदै थिएँ। अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन। त्यस्तो जरुरी विषय थिएन त्यो। र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन। त्यसले एउटा तरंग ल्यायो,’ जनतासँग प्रधानमन्त्री कार्यक्रममा ओलीले भने। उनले दाहालको वक्तव्यप्रति अमेरिकाको टिप्पणीबारे पनि घुमाउरो तरिकाले असन्तुष्टि प्रकट गरेका छन्। ‘अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश।

सानो चिजले छुँदा पनि प्राणै जाने खालका स(साना जीवनहरु हुन्छन्। तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले। त्यत्रो देशले यस्तो स(साना कुरामा अल्झिनु वाञ्छनीय हुन्न,’ ओलीले भने। प्रधानमन्त्री ओलीले सोमबार अमेरिकी राजदूत र्‍यान्डी बेरीसँगको भेटमा पनि अध्यक्ष दाहाल केही शब्दमा चिप्लिएको बताएका थिए। स्रोतका अनसार ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको जिब्रो चिप्लिएझैँ अध्यक्ष दाहालको शब्द चिप्लिएको’ भनेर प्रधानमन्त्री दाहालले बेरीलाई सम्झाएका थिए। अमेरिकी राष्ट्रपति ट्रम्पले केही दिनअघि नेपाल र भुटानको भारतको अंग भएको सार्वजनिक रुपमै बताएका थिए।

उता प्रधानमन्त्रीको जवाफमा अध्यक्ष दाहालले   अाज चितवनमा कडा प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीले त तपाईँको वक्तव्य चिप्लिएको भन्नुभएछ नि भन्ने प्रश्नमा दाहालले सचिवालयले निकालेको विज्ञप्तिमा व्यक्तिले दिएको प्रतिक्रियाको अर्थ नरहने प्रतिक्रिया दिए। ‘प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन,’ दाहालको प्रतिक्रिया थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार