fbpx

प्रधानमन्त्रीको बोली र व्यवहारप्रति ने क पाकै वरिष्ठ नेताको असन्तुष्टी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बोली र व्यवहारप्रति ने क पाकै वरिष्ठ नेताहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीको नाम उल्लेख नगरी सरकारमा रहेकाहरुको बोली र व्यवहार उपयुक्त नहुदाँ सरकारका राम्रा कामहरु पनि ओझेलमा परेको ठहर गरेको छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा ने क पाका वरिष्ठ नेता युवराज ज्ञवालीले भने, “कतिपय नेताहरुको बोली र व्यवहारले सरकारका राम्रा कामहरुलाई पनि ओझेल पारेको छ ।”

नेताहरुले बोल्दा र व्यवहार गर्दा आफ्नो पद र जिम्मेबारीलाई ख्याल गरेर गर्नु पर्नेमा नेता ज्ञवालीले जोड दिए । उनले प्रधानमन्त्री ओली लगायतका नेताहरुलाई सुझाव दिँदै भने, “नेताहरु बोल्दा गम्भीर हुने, कम बोल्ने र विचार गरेर मात्रै बोल्ने गर्नुपर्दछ ।”

नेताहरुको बोली र व्यवहारका बारेमा गम्भीर समिक्षा आवश्यक भएको जोड दिदै उनले यसलाई पार्टीभित्रको ठूलो समस्याको रुपमा व्याख्या गरे ।

भेनेजुएला प्रकरणका बारेमा पार्टीका दुई अध्यक्षमध्ये प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको बोली बाझिएपछि उनले बिचार पुर्याएर बोल्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको जिब्रो चिप्लिएर भेनेजुएलाको बारेमा बोलेको बताएको केही घण्टापछि अध्यक्ष प्रचण्डले आफ्नो जिब्रो नचिप्लिएको र जो बेलेको छु त्यसमा अडिग रहेको स्पष्टोक्ती दिएका थिए ।

नेता ज्ञवालीले प्रधानमन्त्री ओलीको अभिव्यक्ति पार्टी सचिवालयले जारी गरेको वक्तव्य भन्दा बाहिर रहेको भन्दै त्यसरी बोल्नु गलत भएको बताए ।

उनले भने, “सचिवालयको वक्तव्य नै आधिकारिक हो, प्रधानमन्त्रीको भनाई र अर्का अध्यक्ष प्रचण्डजीको भनाई के छ भन्ने कुरा गौण हो ।”

जिम्मेबार नेताहरुले व्यक्तिगत रुपमा जे मन लाग्छ त्यही बोल्न नहुने भन्दै उनले पहिला जे मन लाग्छ त्यही बोल्ने अनि त्यसैलाई ठिक भनेर दावी गर्ने प्रबृत्तिले समस्या बढ्दै गएको तर्क गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार