fbpx

ओली र दाहालको कुरा मिल्यो, दाहाललाई अमेरिका भ्रमणको निम्तो आइसक्यो : पौडेल


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पारेका छन्। उनले भने, ‘यो विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक हो।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यो विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पारे। उनले भने, ‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष दाहालबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ।

नेता पौडेलले अमेरिकी राजदूतले दाहाललाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको खुलासा गरे। पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र दाहालबीच तीन घण्टा लामो भेटवार्ता भएको जनाए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार