fbpx

जनतामा निराशा फैल्याउन स्वार्थी तत्व सक्रिय : प्रधानमन्त्री


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरुले षड्यन्त्र गरिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत रहन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति समेत जनाए ।

उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु पनि सक्रिय भईरहेको दावी गरे । आज गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भईरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन पनि सबैलाई आह्वान गरे ।

प्रधानमन्त्री ओलीले केही दिनअघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै त्यस्ता गतिविधि सरकारलाई सैह्य नहुने चेतावनी दिए । मुलुकमा विद्युतिकरण हुन नदिन त्यस्ता गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार