fbpx

भेनेजुएलाले भित्र्याएको संकट र प्रचण्डको अत्यास !


Share This

नेपालबहस संवाददाता    

ने क पालाई दुईतिहाई मतको औचित्य र सान्दर्भिकतामा प्रचण्डबाटै औंला ठड्याएर प्रश्न उठाउने कामको उद्घाटन

# बिक्रमभान्जा योञ्जन #
काठमाडौं । प्रचण्डले १ दशकसम्म नेपाली जनतालाई आतंकित बनाइरहे । आजकाल आतंकित हुने उनको पालो आएजस्तो छ । दुई हप्ता पनि बितेको छैन, नेपाल बहसले ‘कम्युनिस्ट सरकार गम्भीर दुर्घटनाको डिलमा’ शिर्षकको एउटा समाचार विश्लेषण प्रकाशित गरेको थियो, त्यसमा भेनेजुएलाबारे बढता बाठो हुने हुँदा निम्तिएको समस्याको सम्भावित परिणामबारे चर्चा गरिएको थियो । अहिले सत्तारुढ ने क पा भित्र भेनेजुएला बारे  दुई अध्यक्षबीचको गम्भीर मत विभाजनमात्र होइन मन विभाजन हुने प्रस्थानविन्दु भएको छ ।

ओलीको नाम उच्चारण नगरी उतैतिर तीर तेस्र्याउँदै भने, “कताकता पुरानै संस्कृति, पुरानै संरचना या पुरानै कार्यशैली, भ्रष्टाचारको पुरानै रोग । फेरि उस्तै भयो भने, हामी जहाँ छौं त्यहाँ उभिँदाउभिँदै मधेसमा छुट्टै ढंगले, पहाडमा अर्को ढंगले विकराल स्थिति सिर्जना हुनसक्छ ।” त्यो भाषण गर्दा उनी गम्भीर मुद्रामा थिए, भने “त्यो हिजोजस्तो सजिलै १२ बुँदे, सजिलै शान्ति सम्झौतामा हस्ताक्षर, फेरि सजिलै देशलाई युगान्तकारी परिवर्तनतिर लाने नहुन पनि सक्छ ।”

माघ २५ गते डा. बाबुराम भट्टराईको प्रधानमन्त्रित्वकालमा महान्याधिवक्ता भएका मुक्ति प्रधानको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीलाई इंगित गर्दै प्रचण्डले प्रतिपक्षकै शैली वा आक्रामक रुपमा सरकारको काम गराईको आलोचना गरे । प्रदेश र स्थानीय तहलाई अधिकार नदिएको, द्वन्द्वकालीन मुद्दाहरूलाई उछालेर आफुहरूलाई किनार लगाउन खोजेको जस्ता संगीन आरोप उनले प्रधानमन्त्री खड्गप्रसाद ओलीको नाम उच्चारण नगरी उतैतिर तीर तेस्र्याउँदै भने, “कताकता पुरानै संस्कृति, पुरानै संरचना या पुरानै कार्यशैली, भ्रष्टाचारको पुरानै रोग । फेरि उस्तै भयो भने, हामी जहाँ छौं त्यहाँ उभिँदाउभिँदै मधेसमा छुट्टै ढंगले, पहाडमा अर्को ढंगले विकराल स्थिति सिर्जना हुनसक्छ ।” त्यो भाषण गर्दा उनी गम्भीर मुद्रामा थिए, भने “त्यो हिजोजस्तो सजिलै १२ बुँदे, सजिलै शान्ति सम्झौतामा हस्ताक्षर, फेरि सजिलै देशलाई युगान्तकारी परिवर्तनतिर लाने नहुन पनि सक्छ ।”

द्वन्द्वकालीन माओवादीको त्रास देखाउँदै उनले प्र.म. ओलीतिर ब्लाकमेलिङ्को भाषामा भने, “हिजो लडाइँका बेला दिनदिनै हजारौंको बलिदान हुने स्थिति थियो । त्यसको मर्मलाई बोकेर शान्ति सम्झौता र संविधानको स्थितिमा उपेक्षित वर्ग समुदायलाई अधिकारसम्पन्न तुल्याउने, उनीहरूको पहिचान दिने भनिएको हो । त्यही दिशातिर हामीहरू बढदै छौं त  ? प्रश्न उठ्न थालेका छन्,’ उनले भने । ‘सबै उपेक्षित र विभेदमा पारिएकाहरूलाई आफू अब यो देशको मालिक बनियो भन्ने अनुभूतिलाई हलुका रूपमा कसैले लिन्छ भने त्यसले दुर्भाग्य निम्त्याउँछ, ।”

प्रचण्डले भेनेजुएलालाई यसकारण साधन बनाए

यसअघि नेपालका लागि अमेरिकी राजदूत एलाइना टेप्लिजले आफ्नो कार्यकाल पूरा गरेर जाने बेलामा द्वन्द्वकालीन अपराधका लागि संक्रमणकालीन मुद्दा अविलम्ब टुङ्गो लगाउन नेपाल सरकारलाई प्रत्यक्ष भेट वा सञ्चारमाध्यमबाट जोड गरेकी थिइन् । यो उनको मनोगत विचार थिएन, अमेरिकी सरकारको प्राथमिकता थियो ।

गत मंसिर २८ गते अनमिनको प्रमुख भएर नेपालमा काम गरिसकेका इयान मार्टिन आएर द्वन्द्वकालीन अपराधका मुद्दामा कारवाही चलाउन सरकारलाई जोड गर्दै मानव अधिकारसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय नेपालमा पुनः स्थापित गर्न जोड दिएका थिए । द्वन्द्वकालीन मानवताविरोधी ज्यादतीमा सरकारले मुद्दा नचलाउने स्वभावको एउटा विधेयक संसदमा प्रस्तुत भएको थाहा पाउनासाथ सातवटा युरोपेली मुलुकका नेपालस्थित राजदूतहरूले एक संयुक्त वक्तव्य जारी गर्दै यसबारे सरकारको आधिकारिक धारणा प्रष्ट पार्न आग्रह गरे । यी सबै गतिविधिले पूर्वमाओवादी खासगरी प्रचण्ड लगायत सत्तामा बसेर तर मारिरहेका उनका कमरेडहरूलाई आतंकित बनायो । यो सब गराउने अमेरिका हो भन्ने ठहरका साथ भेनेजुएलाजस्तो तीन–न–तेह्रकाे मुलुकका लागि अमेरिकालाई चिढ्याउने वक्तब्यको हर्कत प्रचण्डबाट भयो ।

प्रचण्डले बुझेका छन्, यी मुद्दा उठेर आएपछि आफुहरूको बच्ने र बाँच्ने ठाउँ रहँदैन । कम्तीमा सत्ता उपलब्ध हुनेछैन । त्यसपछि प्रचण्डको बोली विप्लब उपनामधारी नेत्रबिक्रम चन्दको माओवादीतिर शरणागत भयो भने पूर्वएमाले अध्यक्ष खड्गप्रसाद ओलीतिर निरन्तर विमति सुनिन थाल्यो । यहाँसम्म कि भेनेजुएलाको विषयमा प्रचण्डले जारी गरेको अमेरिकाविरोधी विचार र भेनेजुएलाका विवादास्पद राष्ट्रपति निकोलस मदुरोको विचार उस्तैउस्तै छ । त्यसैले आगामी चैतमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको घडीमा नेपालको विकासलाई गोली मार्दै भेनेजुएलाको आन्तरिक कलहलाई लिएर सत्तारुढ पार्टीबाटै उठाइएको खतरनाक विवाद मूख्यपक्ष प्रचण्ड नै हुनपुगेका हुन् । कतिसम्म भने राष्ट्रपति मदुरो र प्रचण्डको वक्तब्य मिल्दोजुल्दो छ ।

राष्ट्रपतिका लागि भेनेजुएलामा भएको निर्वाचनमा सत्ताका राष्ट्रपति निकोलस मदुरोले निर्वाचनका सारा काईदा–कानुनलाई मिच्दै, सयौँ व्यक्तिको हत्या गराएर र निर्वाचन पर्यवेक्षणलाई अनुमति नदिएर एकतर्फी रुपमा निर्वाचन परिणाम घोषणा गरेको विषयमा गत सेप्टेम्बरमा राष्ट्रसंघ महासभा चल्दैगर्दा अर्जेन्टिना, चिली, कोलम्बिया, पाराग्वे, पेरू र क्यानाडाले द हेगमा अन्तर्राष्ट्रिय अपराध न्यायालयसमक्ष राष्ट्रपति मदुरोविरूद्ध मानवताविरूद्धको अपराधबारे ऊजुरी दिएका छन् ।

प्रचण्डले आफ्नो विवादित वक्तब्यमा भनेका छन्– “यो आन्तरिक मामिलामा अमान्य घुसपैठ एवं साम्राज्यवादी सत्तापलटको प्रयास हो” (It is an unacceptable intrusion in internal affairs and an attempt of imperialist coup.) । मदुरोले राष्ट्रब्यापी प्रत्यक्ष प्रशारित एक भाषणमा भनेका थिए—“संयुक्त राज्यको सर्बोच्च सरकार कठपुतली राष्ट्रपतिय परिपाटी स्थापित गर्ने क्रममा (भेनेजुएलाका बिरूद्ध) सत्तापलट प्रयासको नेतृत्व गरिरहेको छ” (The imperial government of the United States is leading a coup attempt against [Venezuela] in order to install a puppet presidency…) ।

राष्ट्रपतिका लागि भेनेजुएलामा भएको निर्वाचनमा सत्ताका राष्ट्रपति निकोलस मदुरोले निर्वाचनका सारा काईदा–कानुनलाई मिच्दै, सयौँ व्यक्तिको हत्या गराएर र निर्वाचन पर्यवेक्षणलाई अनुमति नदिएर एकतर्फी रुपमा निर्वाचन परिणाम घोषणा गरेको विषयमा गत सेप्टेम्बरमा राष्ट्रसंघ महासभा चल्दैगर्दा अर्जेन्टिना, चिली, कोलम्बिया, पाराग्वे, पेरू र क्यानाडाले द हेगमा अन्तर्राष्ट्रिय अपराध न्यायालयसमक्ष राष्ट्रपति मदुरोविरूद्ध मानवताविरूद्धको अपराधबारे ऊजुरी दिएका छन् ।

यस्तो संगीन परिस्थितिमा पुगेका मदुरोलाई प्रचण्डले काँध थाप्न पुग्नु नै उनले सत्ता पाउनबाट निराशा हात लागेको विचार ब्यक्त गरे । ‘नेपालमा कार्यकारी राष्ट्रपति जरुरी भएको’ वकालत गर्ने ‘मदुरोपन्थी’ बाट मित्रराष्ट्रलाई चिढाएर भेनेजुएलाको नियति निम्त्याउने, द्वन्द्वकालमा भएका मानवतविरोधी अपराधका लागि संक्रमणकालीन न्यायको जिम्मेवारी पूरा गर्ने परिस्थिति आएपछि हतास र आत्मनासको मनोवृत्तिबाट निर्देशित भएर प्रचण्डबाट यस्ता वक्तब्यवाजी हुनुले ने.क.पा.ले पाएको दुईतिहाई मतको औचित्य र सान्दर्भिकतामै प्रचण्डबाटै औँला ठड्याएर प्रश्न उठाउने कामको उद्घाटन भएको छ ।

सरकारको विरोधको बहानामा १२ बुँदे समझ्दारीपत्र, विस्तृत शान्ति सम्झौता, वर्तमान संविधान र प्राप्त सत्ता सबैलाई लात हान्ने नियतको अर्को झन भयानक द्वन्द्वको खतरा देखाउनु पर्ने प्रचण्ड विचार उनको स्वयं आतंकित हुनाको नतिजा हो । तर माओवादीभित्रै प्रचण्डमाथि अब कसैको भरोसा रहेको छैन । उनले सरकार वा अहिलेको पार्टी एकताबाट बाहिर निस्के भने आफ्नै सहयोगी र सहकर्मीहरूले पनि साथ दिने सम्भावना एकदमै क्षीण भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार