मुलुकमा राजतन्त्र फर्काउने राप्रपा संयुक्तको सनसनीपूर्ण घोषणा



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले मुलुकमा राजतन्त्र फर्किन सक्ने घोषणा गरेको गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गरेका छन्। आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाउँदै अब आफ्नो पालो आएको बताए। उनले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गरे।

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगाए। सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शून्य रहेको बताए। व्यापार घाटापनि डरलाग्दो रहेको उनको भनाई छ । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन्। कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाए।

उनले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गरे । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ने क पाका स्थायी समिति सदस्य केशब बडालले सरकारको एक वर्षे कार्यकाल आधारभुत रुपमा सफल भएको दाबी गरेका छन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार