fbpx

शिर्ष नेताकै कारण कांग्रेस कमजोर : नेपाल तरुण दलका नेता जिसी


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता लाल ब जिसीले शिर्ष नेताकै कारण कांग्रेस कमजोर बनेको बताएका छन् ।

अनामनगरमा आइतबार पत्रकार भेटघाटमा नेता जिसीले काग्रेसमा अब नेतृत्व सुधार आबश्यक रहेको औल्याउदै शिर्ष नेताका कारण पार्टी कमजोर भएको बताएका हुन् ।

मुलुकमा कांग्रेस छैन् भन्दै कम्युनिष्ट नेताहरुले झ्याली पिटिरहेको भएपनि देश नै कांग्रेस मय रहेको तर, प्रचार प्रसार हुन नसक्दा यस्तो समस्या सिर्जना भएको जिसीले बताए ।

नेपाली कांग्रेस मुलुकको पहिलो नम्बरको पार्टि हुदा हुदै पनि अहिलेको नेतृत्वले कांग्रेसलाई समृद्धिको दिशामा लैजानुको साटो कमजोर बनाउदै लगिरहेको उनको आरोप छ ।

जिसी भन्छन्, कांग्रेसमा लोकतन्त्रको आवश्यक छ । अब भातृ संगठनको नेतृत्व लोकतान्त्रीक प्रणालीबाट आउनु पर्छ । हामी पार्टिलाई अझै सफल बनाउन सक्छौ । करिब २९ महिना बढि भैसक्दापनि तरुण दलको नेतृत्व फेर बदल नभएकोले तत्काल फेर बदल हुनुपर्ने जिसीको मागा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार