fbpx

सबै समुहसँग बार्ता गर्नु ओली सरकारको दायित्व : शशांक कोइराला



नेपालबहस संवाददाता
 



sasank-koi

दिपक शर्मा

बर्दिया । नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले अहिलेको राजनीतिक परिवेशमा ओली सरकारले सबै समुहसंग वार्ता गर्नुपर्ने दायित्व रहेको बताएका छन् ।

अहिलेको परिवेशमा समास्याका समाधान गर्ने उत्तम उपाय बार्ता भएको बताउँदै विभिन्न अन्दोलनरत कुनै पनि समुहहरुसँग बार्ता गरि राजनीतिको मुल धारमा ल्याउनु पर्ने अवश्यकता भएको बताए छन् ।

नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले असन्तुष्ट समुहहरुलाई सरकारले आतंककारी घोषणा गरि दमनकारी भन्नाले यो राष्ट्र झन संघर्ष तर्फ जाने भएको हुँदा कुनै पनि समुह सँग बार्ता गर्नु पर्ने सरकारको दायित्व भएको बताएका हुन ।

नेपाली कांग्रेस भित्र देखिएको गुट उपगुटको द्धन्द हुनुपर्ने आफनो धारण रहेको बताए । यसको समाधान आउँदो अधिवेशनपछि यसको समास्या समाधान गरि नेपाली कांग्रेस राष्टको पहिलो पार्टी बन्नु पर्ने बताए ।

उनले अहिले दुवै पाटी मिलेर सवै संयन्त्रलाई कब्जा गर्न खोजेको आरोप लगाए । यस्तो प्रवृतीले लोकतन्त्र कमजोर हुने कोइरालाको भनाई थियो । बर्दियाको गुलरियामा निमार्ण गरिएको “कृष्ण दिव्या स्मृती” भवन उद्घाटन गर्न बर्दिया सदरमुकाम गुलरिया आइपुगेका हुन ।