नेकपा अध्यक्ष प्रचण्ड बिहीबार स्वदेश फर्किने



नेपालबहस संवाददाता
 




काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि हाल अमेरिकामा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार ‘चैत १४ गते’ स्वदेश फर्केने भएका छन् ।

प्रचण्ड बिहीबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम रहेको नेकपा निकट स्रोतले जानकारी दियो । पार्किन्सन नामक एक प्रकारको जटिल रोगले पीडित पत्नी सीताको उपचारका लागि प्रचण्ड चैत ३ गते अमेरिका प्रस्थान गरेका थिए ।

दाहाल पत्नी सीताको अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार भइरहेको छ । ।प्रचण्डको एक पारिवारिक सदस्यका अनुसार सीताको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएकाले बिहीबार स्वदेश फर्किन लागिएको हो ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहेका छन् । यसअघि उपचारमा लामो समय लागेमा छोरीज्वाईँलाई हेरचाहको जिम्मा लगाएर आफू भने फर्किने प्रचण्डले योजना बनाएको भएपनि स्वास्थ्यमा सुधार देखिएकाले सँगै फर्किने लागेका हुन् ।

अमेरिकामा रहँदा प्रचण्डविरुद्ध एक नेपालीले उजुरी गरेपनि अमेरिकाले छानबिन प्रक्रिया अघि नबढाइ उच्च सम्मान दिएको थियो ।


सम्बन्धित समाचार