ओली सरकार द्धन्द निम्ताउने बाटोमा अघि बढेको कांग्रेसको ठहर



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विप्लव समूहलाई प्रतिबन्ध लगाएर सरकारले झन् उत्तेजित बनाउन खोजेको आरोप लगाएको छ ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको ठहर गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

त्यस्तै बैठकले हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई आग्रह पनि गरेको छ । सरकारले निषेधको राजनीति गर्न खोजेर द्धन्द निम्ताउने बाटोमा अघि बढेको काग्रेसको ठहर छ ।

बैठकले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि सरकार संसदप्रति उत्तरदायी नदेखिएको निष्कर्ष निकालेको छ । यस बिषयलाई अर्को अधिवेशनमा पनि उठाउने प्रमुख सचेतक खाँणले बताए ।

त्यस्तै सरकारले पुरानै व्यवस्थाका आधारमा नै बिधेयक ल्याएको भन्दै त्यसप्रति बिशेष ध्यानाकर्षण गराउन दवावमुलक कार्य गर्ने उनले जानकारी दिए ।

बैठकले केहि विधेयकहरुप्रतिपनि आपत्ती जनाएको छ । त्यस्तै बैठकले पार्टीले गठन गरेको छाँया सरकारलाई पूर्णता दिई प्रभावकारी रुपमा अघि बढाउने जनाएको छ ।


सम्बन्धित समाचार