fbpx

कञ्चनपुर–कमला सडक खण्ड स्तरोन्नतिका लागी चासो



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्गअन्तर्गतको कञ्चनपुर–कमला सडक खण्ड स्तरोन्नतिका लागी भएको बोलपत्रका बिषयमा चासो व्यक्त गरेको छ ।

कञ्चनपुर–कमला सडक स्तरोन्नतिका लागी भएको बोलपत्रमा नेपाली व्यवसायीलाई दोश्रो प्राथमिकतामा राखेको गुनासो आएपछि समितिले चासो व्यक्त गरेको हो ।

समिति सभापति भरत शाहले एसियाली बिकास बैंकको ऋण परियोजनामा बन्न लागेको उक्त सडकमा नेपालीहरुलाई सहभागी नगराउने कुनै कुरा नभएको बताए । कोहलपुर–नेपालगञ्जको २२ किमि सडक नेपालीहरुले बनाएको भन्दै कञ्चनपुर–कमला सडक निर्माणका लागी पनि नेपाली कम्पनीलाई प्राथमिकता दिनुपर्ने बताए ।

बिदेशीले जिम्मा लिएको मेलम्ची अझै निर्माण हुन नसकेको उदाहरण दिदै उनले नेपाली कम्पनीले बनाएको केहि आयोजना समयमा नै निर्माण भएको बताए । बिदेशी कम्पनीलाई निर्माण जिम्मा दिदा कमिशनको चलखेल हुन सक्ने उनको भनाइ छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीले उहाले कञ्चनपुर–कमला सडक निर्माणमा लागी आवश्यक मापदण्डपुरा गर्नका लागी बिदेशी निर्माण व्यवसायीलाई प्राथमिकता दिएको बताए ।

यद्दपी उहाले नेपाली निर्माण व्यवसायीहरुको कार्यशैलीमा कुनै समस्या नरहेको धारणा राखे । उनले निर्माण कार्यका लागी व्यवसायीले लगाएको कमिशनको आरोप पुष्टि गर्न चूनौति दिए ।

सांसदहरुले भने राष्ट्रिय गौरवको आयोजना लगाएत अन्य आयोजनाको निर्माण कार्यलाई सुस्तहुन नदिन सवै गम्भीर हुनुपर्ने बताए । नेपाली वा विदेशी निर्माण व्यवसायीलाई ठेक्का भविष्यमा ठेक्का दिदा मन्त्रालयले विशेषध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।


सम्बन्धित समाचार