नेपाल बार एशोसियसनको २५औैं कार्यसमितिका लागि शनिबार मतदान हुँदै



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल बार एशोसियसनको २५औैं कार्यसमितिका लागि शनिबार मतदान हुँदैछ । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

उम्मेदरवारी दर्तापछि दुवै पक्षले देश दौडाहा सकेर आन्तरिक छलफल तथा रणनीति बनाउन लागि परेका छन् । नेकपानिकट प्रगतिशील, पेशागत तथा समावेशी कानून व्यवसायीहरु वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ भने अहिले बारकै महासचिव रहेका अधिवक्ता सुनिलकुमार पोखरेलको नेतृत्वमा विपक्षी कांग्रेसनिकट कानून व्यवसायीहरु लोकतान्त्रिक समूह बनाएर प्रतिस्पर्धामा छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा नेपालमा बारमा आयोजित कार्यक्रममा अध्यक्षका दुवै उम्मेद्वारले बारलाई निष्पक्ष न्याय सम्पादन गर्ने थलोको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्षका उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले आफू अध्यक्ष निर्वाचित भए न्यायालयलाई सक्षम बनाएर जनपक्षीय न्याय सम्पादन गर्ने बताए । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी पोखरेलले न्यायालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल बार एशोसिएशनको विधानमा २५ सदस्यीय केन्द्रिय समिति हुने व्यवस्था गरिएको छ । निर्वाचनमा एनएलएबाट महासचिवमा सुरेन्द्रबहादुर थापा र डिएलएबाट लिलामणि पौडेलले उम्मेदवारी दिइएको छ ।

केन्द्रीय समितिमा एक जना अध्यक्ष, एक महासचिव, एक जना कोषाध्यक्ष, प्रदेशका १–१ जनासहित ८ जना उपाध्यक्ष तथा १४ सदस्यका लागि निर्वाचन हुनेछ ।


सम्बन्धित समाचार