सरकार राजनीतिक प्रतिशोधमा नउत्रियोस् : कांग्रेस



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले आफ्ना कार्यकर्तालाई राजनीतिक प्रतिशोध राखी पूर्वाग्रही ढङ्गले मुद्दा लगाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यालयले रुकुम (पूर्व) भूमे गाउँपालिका–९ निवासी कांग्रेस महाधिवेशन प्रतिनिधि एवं त्रिभुवन जनता माविका विद्यालय व्यवस्थापन समिति सदस्य नन्दबहादुर विष्टलाई झुठा सार्वजनिक मुद्दा लगाएको जनाएको छ ।

प्रतिशोध प्रेरित झुठा मुद्दा लगाई राजनीतिक कार्यकर्ता, नेता तथा सर्वसाधारणलाई दुःख दिने कार्यले लोकतन्त्रको मर्म तथा भावनालाई समेत चोट पु¥याउने कार्य भएको प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले सरकारले कानूनी शासनको उपहास गरेको आरोप लगाउँदै विष्टमाथि लगाइएको मुद्दा अविलम्ब खारेज गरी संविधानले प्रदत्त गरेको मौलिक हकको संरक्षण गर्न आग्रह गरेको छ ।


सम्बन्धित समाचार