fbpx

कर्मचारी समायोजन : कुल १ लाख ३७ हजार ६ सय १४ को दरबन्दी स्वीकृत



नेपालबहस संवाददाता
 




काठमाडौं । संघीय मामिला ताथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय निकाय गरी तीनवटै तहमा कर्मचारी समायोजनको प्रक्रिया सकिएको बताएको छ ।

सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सबै निकायमा कर्मचारी समायोजन गरिएको जानकारी दिएको हो ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार यस प्रक्रिया अन्तरगत कुल १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने त्यसमा ९७ हजार ५ सय ८८ कर्मचारीको समायोजन गरिएको छ ।

मन्त्री पण्डिका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दी स्वीकृत भएकोमा ३९ हजार ९ सय ६० कर्मचारी समायोजन गरिएको छ ।

सातवटै प्रदेश गरेर २२ हजार २ सय ९७ दरबन्दी स्वीकृत भएकोमा १३ हजार ८ सय २१ कर्मचारी समायोजन गरिएको छ । र, ७५३ स्थानीय तहमा ६६ हजार ९ सय ८ दरबन्दी स्वीकृत भएकोमा ४३ हजार ८ सय ७ कर्मचारी समायोजन गरिएको छ ।


सम्बन्धित समाचार