सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्दै



नेपालबहस संवाददाता
 




काठमाडौं । सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेको छ । सिंहदरबारमा बिहिबार बसेको संघीय संसद अन्तर्गतको राज्यको निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्याङ्कन समितिकाे बैठकमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुलुकका सबै स्थानका जनतालाई सहज स्वास्थ्य सेवा प्रदान गर्नका लागि सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने तयारी गरेको जानकारी दिए ।

आफुले स्वास्थ्य मन्त्रालय स्म्हाल्दा २१ जिल्लामा रहेको सो सेवा बढाएर ४१ जिल्लामा पुराएको र छिटै ७७ वटै जिल्लामा पुर्रयाउने बताए ।बिपन्न बर्गको उपचार सेवा सरकारले नै गर्ने भन्दै उनले बिपन्न बर्गका लागि उपचारको बिशेष व्यवस्था गरेको पनि बताए ।

उनले नेपालको स्वास्थ्य सेवा निकै महङ्गो भएकाले सरकारी स्वास्थ्य संस्थालाई सुविधायुक्त बनाउन आफुले काम गरिरहेको बताए । बैठकमा समिति सदस्य प्रभू साहले स्वास्थ्यमन्त्रीले स्वास्थ्य संस्थालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको र मन्त्रालयको काममा ध्यान नदिएको भन्दै यसको असर सम्पूर्ण स्वास्थ्य संस्थामा परेको आरोप लगाए ।

त्यस्तै समिति सदस्य मीनेन्द्र रिजालले स्वास्थ्य संहितालाई केन्द्रको स्वास्थ्य मन्त्रायलले राम्रोसंग कार्यान्वयन गर्न नसकेको बताए । स्वास्थ्य सम्बन्धी नीति र सो को कार्यान्वयन सम्बन्धी अवस्थाका बारेमा समितिले स्वास्थ्यमन्त्री यादवसंग छलफल गरेको हो ।


सम्बन्धित समाचार