fbpx

बद्नाम गराउन प्रश्नपत्र आउट : मुख्यमन्त्री राउत



नेपालबहस संवाददाता
 




जनकपुरधाम । प्रदेश न. २ लाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको मुख्यमन्त्री लालबाबु राउतले आरोप लगाएका छन् । प्रदेश न. २ मा लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र आउटले बद्नाम गराउन गरिएको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ ।

राउतले संघीयतालाई नरुचाउनेहरुले षड्यन्त्र गरेको बताएका छन् । शिक्षाप्रति रुची बढ्दै गएको अवस्थामा प्रदेशलाई बद्नाम गराउने प्रयास भइरहेको उनले आरोप लगाएका हुन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको बताए । संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षामन्त्रीले राजिनामा दिनुपर्ने उनको माग छ । प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

यो पनि पढ्नुस:

एसइई परीक्षा रद्द : विद्यार्थीद्वारा टायर बालेर प्रदर्शन, जनकपुर तनावग्रस्त !


सम्बन्धित समाचार