fbpx

एसईई परीक्षा रद्द : शिक्षा मन्त्रालयमा आकस्मिक बैठक बस्दै



नेपालबहस संवाददाता
 




काठमाडौं । एसईई परीक्षाको प्रश्नपत्र बाहिरपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक डाकेको छ ।

प्रदेश नम्बर २ मा शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र बिहीबार राति नै बाहिरिसंगै शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा अहिले केही बेरमा बैठक बस्न लागेको मन्त्रालय स्रोतले जनाएको छ ।

समितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सदस्य रहनेछन् । शिक्षा सचिव खगराज बरालको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

बिहान राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा केन्द्रीय परीक्षा समन्वय समितिको बैठक बसेको थियो । उक्त बैठकले प्रदेश २ को सामाजिक विषयको शुक्रबारको परीक्षा रद्द गर्ने निर्णय मात्र गर्यो । थप निर्णय सुरक्षा समितिको बैठक पछि गर्ने सम्भावना छ ।

आगामी दिनको परीक्षा के कसरी सञ्चालन गर्ने, परीक्षाको समग्र सुरक्षा व्यवस्था कसरी मिलाउने र रद्द भएको परीक्षा कहिले गर्ने र छानविनलाई कसरी अघि बढाउने लगायत विषयमा बैठकमा छलफल हुनेछ ।

स्रोतकाअनुसार उक्त बैठकले आउट भएको प्रश्न केन्द्रमा सिलबन्दी गराएर पठाएका प्रश्नहरु मध्येबाट हुबहु रहेको निर्ष्कष समेत निकालेको छ । त्यस्तै बोर्डले अमोदा श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानविन समिति आजै प्रदेश २ तर्फ जाने जनाइएको छ ।


सम्बन्धित समाचार