प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको संसदीय सुनुवाई प्रक्रिया शुरू हुँदै



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको संसदीय सुनुवाई प्रक्रिया शुरु हुँदैछ । थपलियाको सुनुवाई प्रक्रिया अगाडि बढाउनका लागि संघीय संसदकाे सुनुवाई समितिले आइतबार  बिहान  समितिको बैठक बोलाएको छ ।

आजको बैठकले थपलियाविरुद्ध उजुरी आह्वान गर्नसक्ने समितिले जनाएको छ । गत ११ गते बसेको संवैधानिक परिषदको बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्तमा थपलियालाई नियुक्तिको सिफारिस गरेको थियो ।

थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा रहेकै बेला संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिएपछि सरकारको आलोचना हुँदै आएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार