प्रमुख आयुक्त सिफारिस : ओलीले भने, ‘देउवासँग सल्लाह गरेकै हो’



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा कांग्रेस सभापति शेर बहादुर देउवासँग सल्लाह गरेर सिफारिस गरेको बताएका छन् ।

प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर पुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवासँग छलफल भएको समेत बताएका छन् ।

सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् । ‘एकलौटी हैन। हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन। कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो।

निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने। प्रधानमन्त्री ओलीले सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोका कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार