राज्यले नेपालमै युवाहरुलाई रोजगारको सिर्जना गर्नुपर्छ : नेता माकुने



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपालले युवाहरुका लागी राज्यले रोजगारको सिर्जना गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौमा सरोकार समाज नेपालले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता नेपालले राज्यले आफ्ना देशका युवाहरुलाई रोजगारीका लागि योग्य बनाउने किसिमको काम गर्नुपर्ने पनि बताए ।

उनले प्रतिभाहरुको खोजी गर्दे आवश्यकता अनुसारको क्षेत्रमा परिचालन गर्नुपर्नेमा पनि जोड दिए । त्यस्तै उनले मुलुक सुहाउदै आत्मनिर्भर हुने शिक्षा दिने शैक्षिक प्रणाली लागू गर्नुपर्ने बताए ।

उहाले स्वदेशमा नै आत्मनिर्भर भएर लाग्न युवाहरुलाई सुझाव दिदै मुलकको बिकास र समृद्धीमा हात्तेमालो गर्न आग्रह गरे ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार