बार निर्वाचन : मतपेटिका संकलनको काममा नै ढिलाइ, भोलिबाट मतगणना शुरु गर्ने तयारी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल बारको  शनिबार सम्पन्न निर्वाचनको मतपेटिका आइतबारसम्म पनि काठमाडौं आइपुगेको छैन ।

तीन वर्षे कार्यकालका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्न भएको निर्वाचनमा देशभर ३५ मतदान केन्द्र तोकिएको थियो ।

काठमाडौंबाहेक ३४ वटा मतदान केन्द्रको मतपेटिका काठमाडौंस्थित बारको केन्द्रीय कार्यालय आइपुग्नु पर्थ्यो । तर, इलाम र दिपायल मतदान केन्द्रको मतपेटिका जहाज उडानमा अवरुद्ध भएपछि सोमबार बिहानमात्र काठमाडौं आइपुग्ने केन्द्रीय निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए ।

उनले जनकपुर र राजविराज मतदान केन्द्रको मतपेटिका काठमाडौं आइपुगे पनि निर्वाचन समितिको कार्यालयमा आइनपुगेको बताए ।

रिजालले सोमबार इलाम र दिपायलको मतपेटिका आइपुगेपछि जनकपुर र राजविराजको मतपेटिका पनि सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्याउने बताए ।

उनले सोमबार मतपेटिका संकलनको काममा नै ढिलाइ हुने भएकाले मंगलबारबाट मतगणना शुरु गर्ने तयारी भएको बताए । निर्वाचन समितिले मतगणना १० ठाउँबाट गर्ने तयारीमा छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार