प्रधानमन्त्री ओलीको निर्देशन : घाइतेहरुको उपचारमा कुनै कमी नहोस



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बारा र पर्सामा भीषण आँधीहुरीले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार राती सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । आइतबार साँझ आएको भीषण आँधीहुरीमा परेर बारा र पर्सामा अनुमानित ७० जनाको मृत्यु भएको छ भने ६ सयजना भन्दा बढी घाइते भएका छन् । यो संख्या बढ्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले मृत्यवरण गर्नेहरुप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन् । उनले उद्धारमा सुरक्षाकर्मीहरु परिचालन भैसकेको जनाउँदै सोमबार बिहानबाट उद्धारका लागि हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको जनाएका छन् । उनले उद्धारमा गम्भीर हुन र घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिन निर्देशन समेत दिएका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार