बार निर्वाचन : पूर्वी केन्द्रका तीन ठाउँको मत गणना सुरु



नेपालबहस संवाददाता
 



Nepal-Bar-Association

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ कार्य समितिका लागि शनिबार सम्पन्न भएको मतदानको मत गणना सुरु भएको छ ।मतगणना पूर्वी केन्द्रका इलाम, झापा र विराटनगर मदातन केन्द्रबाट गणना सुरू गरिएको हो ।

पूर्वी केन्द्रको मतगणना सोमबार अपराह्न ४ बजे बारको केन्द्रीय कार्यालय र सार्वोच्च अदालतबाट सुरु भएको हो । बाँकी ३२ केन्द्रको मत गणना मंगलबार बिहान ८ बजेदेखि गरिने निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिए ।

गणना गरिएका तीन केन्द्रको अन्तिम मतपरिणाम आजै राति करिब ८ बजेसम्ममा आइसक्ने उनले बताए ।


सम्बन्धित समाचार