मन्त्रिपरिषद् बैठक : हावाहुरी पीडितलाई थप राहत दिने निर्णय



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले सबै विवरण संकलनपछि बारा तथा पर्सामा गएको भीषण हावाहुरी पिडितलाई थप राहत दिने निर्णय गरेको छ ।

सोमबार  बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उपचारको व्यवस्थाको साथै राहत र उद्दारमा प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने निर्णय गरेको छ ।

बैठकले थप राहतबारे क्षतिको विवरण संकलन गरेपछि उचित निर्णय गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । बैठकले प्रारम्भिक चरणमा घाइतेको सहज र निशुल्क उपचार गर्ने, महामारी वा संक्रमण फैलिन नदिने, खाद्यान्न उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले हावाहुरीबाट बिस्तापितलाई पुनःस्थापित गर्ने सम्बन्धमा यथोचित निर्णय गरिने प्रवक्ता बास्कोटाले जानकारी दिए । बैठकले उद्धार र व्यवस्थापन चुस्त बनाउन स्थानीय र केन्द्रीय प्रशासन गृह मन्त्रालयलाई निर्देशन दिएको छ भने समन्वयात्मक रुपमा काम गर्न सबैसँग आग्रह पनि गरेको उनले बताए ।

त्यस्तै बैठकले प्रभावित क्षेत्रमा कुनै प्रकारका अभाव हुन नदिने निर्णय पनि गरेको प्रवक्ता बास्कोटाले बताउनुभयो । त्यस्तै बैठकले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार