बारा र पर्सामा ठूलो मानवीय र भौतिक क्षति : राष्ट्रिय शोक घोषणा गर्न देउवाको माग



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको भन्दै राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका छन्।

मंगलबार बिहान हावाहुरी प्रभाबित क्षेत्रको स्थलगत निरीक्षणपछि सभापति देउवाले हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको भन्दै राष्ट्रिय बिपत्तिमा राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका हुन्।

‘हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ, २७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढि घाईते भएको प्राकृतिक विपत्तीले सो क्षेत्रको अवस्था निकै कठिन बनाएको छ,’ सभापति देउवाले ट्वीट गर्दै भनेका छन्‘ म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु।’

साथै, उनले भौतिक संरचना जतिसक्दो चाडै निर्माण गर्ने नयाँ संरचना तयार गरेर तत्काल पुनर्निर्माणको काम अघि बढाउन पनि आग्रह गरेका छन्।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार