समितिले थपलिया र ओझाको सुनुवाइका लागि भाेलि सार्वजनिक सूचना जारी गर्ने



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिश दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाको संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकपछि समितिका सभापति लक्ष्मणलाल कर्णले थपलिया र ओझाको संसदीय सुनुवाइका लागि बुधबार सार्वजनिक सूचना जारी गरिने र १० दिनसम्म उजुरीका लागि समय दिइने बताए । समितिले संसदीय सुनुवाइ अगाडि प्रस्तावित व्यक्तिका विषयमा उजुरीका लागि समय दिने गरेको छ ।

संवैधानिक परिषद्को बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिश गरेको थियो । संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाईबाट नाम अनुमोदन गर्नुपर्ने कानूनी व्यवस्था छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दललाई बाहिर राखेर गरिएको निर्णयप्रति आपत्ति जनाउँदै बैठक बस्नु अगाडि नै लिखित रुपमा जानकारी गराउनुपर्नेमा जोड दिइन् ।

सांसद योगेश भट्टराई र पार्वत गुरुङले संवैधानिक परिषद्को विषय समितिमा उठाउनु उचित नभएको उल्लेख गर्दै समितिको काम कारवाहीलाई सहमतिबाटै वैधानिक रुपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार