आजदेखि काठमाडौंमा कांग्रेस जिल्ला सभापतिहरुको भेला, शीर्ष तहमै चरम विवाद !



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र फेरि विवाद चर्किने भएको छ । विधानका विषयलाई लिएर पार्टीका जिल्ला सभापतिहरु आज बुधबार काठमाडौंमा भेला हुँदैछन् ।

जिल्ला सभापतिहरु पार्टीको केन्द्रिय समिति बैठकले महासमिति बैठकको एजेण्डाविपरीत विधान पारित गरेपछि परिमार्जनका लागि दबाबस्वरुप पुनः भेला हुन लागेका हुन् । यसरी कांग्रेसभित्रको विवाद फेरि सतहमा देखिएको छ ।

गत मंसिर ११ र १२ गते नुवाकोटको ककनीमा सम्पन्न कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टी विभिन्न २४ बुदें सुझाव प्रतिवेदन बुझाएको थियो । उक्त भेलाले गरेको निर्णय र दिएका सुझावहरुमध्येको प्रमुख मुद्दाको रुपमा रहेको विधानसम्बन्धी दुई बुँदाबारे महासमिति हुदै केन्द्रिय समितिमा आएर पनि टुङ्गो नलागेपछि जिल्ला सभापतिहरु पुन एकजुट भएका हुन ।

गत मंसिरमा ककनीमा सम्पन्न जिल्ला सभापतिहरुको भेलाले संशोधित विधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने त्यसको लागि वडास्तरबाटै चुनाव जितेर आउनुपर्ने र आरक्षणको सुविधामा एकपटक मात्र अवसर दिनुपर्ने भन्ने बुदालाई केन्द्रिय समिति बैठकले समेत नमानेपछि जिल्ला सभापतिहरु थप रुष्ट हुदै आएका छन् ।

केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनर्विचार गर्न दबाबस्वरुप आफुहरु भेला भएको र भेलाले विशेष महाधिवेशन बोलाउनेसम्मको निर्णय गर्ने चेतावनी जिल्ला सभापतिहरुले दिएका छन् ।

त्यसो त यो विषय उनीहरुले महासमिती बैठकमा समेत राखेका थिए । तर यही विषयमा विवाद भएपछि ३ दिनको लागि बोलाइएको महासमिति बैठक ९ दिनसम्म चलेको थियो । दुइदिनसम्म चल्ने अबको भेलाले पार्टीको नेतृत्वको गलत प्रविद्धि र विधानमा परिमार्जन गरीछाड्ने अठोट लिएका छन । चैत २३ गते पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आफ्ना माग राख्ने गरी २० र २१ गते भेला राखिएको बताइएको छ ।

गत मंसिर–पुसमा सम्पन्न महासमिति बैठकको समापन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले जनाएको मौखिक प्रतिबद्धता विपरित पार्टी केन्द्रीय कार्यसमितिबाट बहुमतले पारित विधानमा पुनर्विचार गर्न जिल्ला सभापतिहरुले दवाव दिएका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल,तथा नेता कृष्ण सिटौला पक्षधरका नेताहरुले पनि सभापति देउवाप्रति तीव्र असन्तुष्टि राख्दै आइरहेका छन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार