राष्ट्रिय विकास परिषद् बैठक शुरु, अर्थतन्त्रको दीर्घकालीन योजनामा छलफल



नेपालबहस संवाददाता
 



ndb

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय विकास परिषद् बैठक शुरु भएको छ । परिषदको दुई दिने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । बैठकले समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार गरेको १५औँ योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रुप दिनेछ ।

होटल सोल्टीमा आयोजना गरिएको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायतको उपस्थिति रहेको छ ।

सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार गरेको पञ्चवर्षीय योजना आर्थिक वर्ष २०७६र७७ देखि २०८०र८१ सम्म कार्यान्वयन हुनेछ । सङ्घीयता लागू र राजनीतिक स्थिरतापछिको यो आवधिक योजना पहिलो हो ।

मस्यौदाले स्वाधीन, समुन्नत तथा समाजवादोन्मु्ख सोचका साथ संविधानको कार्यान्वयन गर्दै उत्पादनशील रोजगारी, आर्थिक स्थायित्व र न्यायपूर्ण वितरणसहितको उच्च आर्थिक वृद्धिद्वारा दु्रतगतिमा गरीबी निवारणको लक्ष्य लिएको छ ।

आर्थिक सामाजिक रुपान्तरणमार्फत् विद्यमान असमानताको न्यूनीकरणको नीति लिएको मस्यौदाले नीतिगत स्थिरताका जगमा सुशासन, विकास र समृद्धि, तीव्र आर्थिक वृद्धि, आर्थिक स्थायित्व र समन्यायिक वितरणको सोच लिएको छ । मस्यौदामा विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पु¥याउने दीर्घकालीन सोचसहितको योजना उल्लेख छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार