समयमा नागरिकले न्याय नपाए अदालतका फैसला कागजमै सीमित : राष्ट्रपति भण्डारी



नेपालबहस संवाददाता
 




काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले समयमा न्याय पाउन नसके अदालतका फैसला केवल कागजमा मात्र सीमित हुने बताएकी छिन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको न्यायाधीशहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नागरिकलार्य समयमा नै न्याय दिन आग्रह समेत गरेकी छिन् । सर्वोच्च अदालतको आयोजनामा सुरु सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्दैे न्यायपालिकाको स्वच्छतालाई कायम राख्न बिशेष ध्यान पुराउनुपर्ने धारणा राखिन ।

त्यस्तै उहाले केहि समय यता राज्यका संयन्त्रप्रति आधारहिन कुरा उठाएर जनतालाई दिग्भ्रमित पार्ने काम भएको र यसमा न्यायपालीका पनि अछुतो नरहेको धारणा पनि व्यक्त गरिन । कुनै व्यक्तिको आचारण र व्यवहारलाई समग्र संस्थाको विश्वसनियता र मर्यादामा ह््रास आउन नदिन विवादीत बनाउने प्रयासलाई समयमा नै पहिचान गरि निरुहात्सीत बनाउनुपर्ने बताइन् ।

उनले जनअधिकारको संरक्षण र कानूनी शासनको मर्यादालाई अक्षुण राख्ने तथा न्यायापालीकाको प्रतिष्ठा र गरिमालाई सदा उच्च राख्ने काममा लाग्न सुझाव पनि दिइन् ।

कार्यक्रममा प्रधानन्याधिश चोलेन्द्र शम्शेर जवराले नयाँ संहिता कानूनहरुको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा अदालत तथा सम्वद्ध अधिकारीमा अवधारणागत स्पस्ष्टता सक्षमता एवं प्रयोगमा एकरुपता र आवश्यक पूर्वाधारहरुको कमि तथा चूनौतिहरुको महसुस भएको बताए । त्यस्तै कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सवोच्च अदालतमा अभाव रहेको जनशक्तिलाइ सरकारले परिपूर्ति गरेको भन्दै सरकारको प्रभाव सकारात्मक सहयोग हुने बताए ।

सम्मेलनले नयाँ मुलुकी संहिता कार्यान्वयनमा न्यायपालिकाको भूमिका, न्यायाधीश आचारसंहिता र कार्यान्वयन, न्यायपालिकाको भावी रणनीति लगायतका विषयमा छलफल गर्नेछ । छलफलमा पेस भएका कार्यपत्रमाथिको विभिन्न समूहमा बहस भएपछि काठमाडौँ घोषणापत्र जारी हुने बताइएको छ । शनिबार काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन समापन गर्ने कार्यक्रम छ ।


सम्बन्धित समाचार