नेपाल बार एशोसिएशनको अध्यक्षमा बामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी



नेपालबहस संवाददाता
 




काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा बामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार साँझ सकिएको मतगणनामा चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेलले भन्दा बढी मत ल्याएका हुन् । मतगणना सकिएपनि निर्वाचन समितिले मतपरिणाम भने सार्वजनिक गरेको छैन ।

अध्यक्षसहित अधिकांश पदमा बामपन्थी प्यानलका उम्मेदवार विजयी भएका छन् । तर महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् ।

उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् । प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले मतगणना सकिए पनि अहिले मत जोड्ने काम भइरहेको बताए ।


सम्बन्धित समाचार