मूल नेतृत्व नै विभिन्न गुटउपगुटमा समाहित हुने खतरा देखियो : कोइराला



नेपालबहस संवाददाता
 



shekhar-koirala

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

गाईघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताएका छन् ।

उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन (जिपी फाउण्डेशन) को नयाँ कार्यालय स्थापनाको अवसरमा उनले पार्टीको मूल नेतृत्वकर्ताहरु नै अहिले विभिन्न गुटउपगुटमा लागेको बताए । मुल नेतृत्व नै गुटगत राजनीतिको शिकारमा फस्न लागेको उनले बताए । जसका कारण केन्द्रदेखि जिल्ला–जिल्लासम्म काङ्ग्रेस साह्रै कमजोर बन्ने अवस्था आएको बताए ।

केन्द्रीय सदस्य कोइरालाले हिजो पार्टीका संस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको बाटोहरु बिर्सेर आज कांग्रेसका केन्द्रीय नेतृत्वहरु एक्लाएक्लै हिँड्न खोज्दा कांग्रेस पार्टी कमजोर बन्न पुगेको जिकिर गरे ।

अहिलेको जस्तो अवस्था रहिरहे आगामी दिनमा कांग्रेसको भविष्य सङ्कटमा पर्ने र देश नै अराजकतर्फ जाने धारणासमेत नेता कोइरालाको रहेको छ । जिपी फाउण्डेशनको स्थापनासँगै नेपाली कांग्रेसका उदयपुर जिल्ला पार्टी सचिव मदनराज कटुवाललाई सो फाउण्डेशनको संयोजकमा नियुक्त गरिएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार