पायो राप्रपा संयुक्तले राजनीतिक दलको मान्यता, हलो निर्वाचन चिह्न



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले बृहत सहमतिमा साझा संस्थाको रुपमा राजसंस्थालाई ब्यूँताउने उद्घोष गरेको छ ।

निर्वाचन आयोगले पार्टीलाई राजनीतिक दलको रुपमा मान्यता दिएको जानकारी दिन बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे राप्रपा संयुक्तले वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र सम्र्वद्धनवादी उदारवाद र प्रगतिशील आधुनिकरण भएको भन्दै राजनीतिक शक्तिहरु बीचको वृहत् सहमतिमा साझा संस्थाको रुपमा राजसंस्थालाई ब्यूँताउने उद्घोष गरेको हो ।

तल्लो तहका सबै इकाईहरुमा शक्तिको हस्तान्तरण, उदार अर्थतन्त्र, असंलग्न परराष्ट्रनीति, वर्तमान संविधानका केही परिर्वतनीय प्रावधान प्रतिको असहमति कायम रहेको सो पार्टीले जनाएको छ ।

त्यस्तै संविधानसंग सहकार्य र प्रतिवद्धता, बहुलवादी प्रजातन्त्रलाई व्यवहारमै समावेशी तुल्याउन र सम्पूर्ण जनतामा प्रणालीप्रति अपनत्व र स्वामित्वको व्यवहारिक अनुभूति दिलाउने प्रतिवद्धता पनि सो पार्टीले गरेको छ ।

पत्रकार सम्मेलनमा राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर राणाले राजसंस्थालाई ब्यूँताउने मुल मुद्धाका साथ अघि बढ्ने बताए । रेल, पानी जहाज र मेट्रो रेलको सपना बाँडेर तीनै तहका सरकारले जनतालाई धान्नै नसक्ने करको भारी बोकाएको उनले बताए ।

त्यस्तै अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले संगठित रुपमा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन सरकारले गरेको बताए । अध्यक्षद्वले राष्ट्रपति पद्मा राजनीतिक पृष्ठभूमिभन्दा बाहिरको व्यक्तीलाई राख्नुपर्ने बताए ।

यस्तै राप्रपा संयुक्तले सरकार प्रेस स्वतन्त्रतामाथि अघोषित रुपमा बन्देज लगाउन, न्यायालय देखि सबै अंग र निकायमा चरम दलीयकरण गर्न, प्रतिपक्षका शान्तिपूर्ण आन्दोलनमा दमन समेत गर्न लागिपरेको भन्दै विरोध समेत गरेको छ । पार्टीको निर्वाचन चिन्ह ‘हलो’ भएको पनि सो अवसरमा जानकारी दिईएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार