नेपाल भ्रमण वर्षको तयारीमा जुट्न सबै क्षेत्रलाई प्रधानमन्त्रीको निर्देशन



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०२० ‘नेपाल भ्रमण वर्ष’ को तयारीमा जुट्न सबै क्षेत्रलाई निर्देशन दिएका छन्।

सिंहदरबारमा आज बसेको नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकमा उनले भ्रमण बर्ष भब्यताका साथ सफल पार्नु गर्ने भन्दै यसका लागि सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रमा समेत पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्ने समेत बताए।

नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने उनको भनाइ छ । त्यस्तै आगामी बर्षको कार्यक्रमलाई अघि बढाउन पनि प्रधानमन्त्रीबाट निर्देशन भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।

त्यस्तै भ्रमण वर्ष मनाइसकेपछि नेपालमा बढि भन्दा बढि पर्यटक भित्राउने र अहिले पर्यटन क्षेत्रमा अहिले भन्दो दोव्वर राजस्व उठाउने लक्ष्य सहित काम अघि बढाउने गरि काम भईरहेको सापकोटाले बताए ।

समितिमा बिभिन्न प्रदेशका मुख्यमन्त्री, पर्यटन क्षेत्रका व्यक्तीहरु, गैर आवासिय संघका प्रतिनिधिहरु छन् । सरकारले सन् २०२० भित्र २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० मनाउन लागेको हो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार