नेकपाको चियापान : १० हजारलाई निम्तो, १ सय जना स्वयंसेवक !



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । नयाँ बर्षको अवसर पारेर चियापान गर्न लागेको बिहीबार धुम्बराहीस्थित मुनलाइट पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

चियापान कार्यक्रममा १० हजारभन्दा बढी मानिस जम्मा हुने अपेक्षा सो पार्टीले गरेको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, पूर्वमन्त्रीलगायत उपस्थित हुने जनाइएको छ ।

आपसी सद्भाव कायम गर्न तथा जनतासँग भावनात्मक रुपमा जोडिइरहनका लागि चियापान कार्यक्रमको आयोजना गरिएको प्रदेश ३ का प्रदेशसभा सदस्य नारायण सिलवालले बताए ।

कार्यक्रमको खर्च व्यवस्थापन काठमाडौं क्षेत्र नं. ५ को नेकपाले गर्ने उनले बताए । करिब १० हजार मानिस सहभागी हुने अपेक्षा गरिएकाले कार्यक्रम व्यवस्थापनमा १ सयजना स्वयंसेवक खटाइने सांसद सिलवालले जानकारी दिए ।


सम्बन्धित समाचार