हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुन सकोस् : पूर्वअध्यक्ष रेग्मी



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले नव वर्ष २०७६ सालको आगमनको सुखद अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७६ सालका उपलक्ष्यमा दिनुभएको सन्देशमा उनले भनेका छन्, “नयाँ वर्षका हरेक दिन नयाँ बनुन् । उन्नति र प्रगतितर्फ नयाँ पाइला चालिँदै जाऊन् । परनिर्भरता होइन, आत्मनिर्भरताको बाटो फराकिलो हुँदै जाओस् ।”

शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पूँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने बताउँदै पूर्वअध्यक्ष रेग्मीले हरेक क्षेत्र र चरित्रमा समावेशी भावना प्रदर्शित हुनसकेमा नै सबैको ऐक्यबद्धता र अपनत्वभाव प्रदर्शित हुने उल्लेख गरेका छन् ।

सन्देशमा उनले भनेका छन्,, “समृद्ध नेपालको नेपाली सपना पूरा गर्न हाम्रा सबै पाइला केन्द्रित होऊन् । नयाँ वर्षले त्यसैमा निष्ठाका साथ लाग्न प्रेरित गरोस् भन्दै सबै नेपालीमा सुख शान्तिको कामना गर्दछु ।”
–––


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार