मुलुकमा १० बर्षभित्र बिकासको अग्रगामी परिवर्तन हुन्छ : प्रचण्ड



नेपालबहस संवाददाता
 




काठमाडौं । नेपाल कम्युनिष्ट पाटी(नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आउने १० बर्षभित्र मुलुकमा बिकासको अग्रगामी परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा नेपाल कफी व्यवसाय प्रवर्द्धन सम्मेलन उद्घाटन गर्दे प्रचण्डले नीजि र सार्वजनिक निकायको समन्वयमा मुलुकमा अग्रगामी परिवर्तन हुने बताए ।

उनले राजनीतिक स्थायीत्व कायम गरेको र शान्ति प्रक्रियाका सवै काम उल्ल्ेख्य ढंगले पुरा गरेको धारणा राखे । छिमेकी मुलुकसंगको सम्बन्ध थप प्रगाढ बन्दै गएको भन्दै उनले मुलुकको बिकासमा बाह्य लगानी आउने वातावरण बनेको बताए ।

उनले विश्वबजारमा गुणस्तरिय कफीको निर्यातको लागी पूर्वाधारका लागी राज्यले भूमिका खेल्नुपर्ने बताए । त्यस्तै अनुसन्धानदेखि तालिमसंगको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरे ।

सरकारले आगामी बजेटमा बिशेष व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने पनि उनले बताए । नीजि क्षेत्रका व्यवसायीहरुलाई पनि कफि व्यवसायलाई प्रोत्साहन गर्न आग्रह गरे । सम्मेलनमा मुलुकका बिभिन्न क्षेत्रका कफि किसानहरुको सहभागीता रहेको छ ।


सम्बन्धित समाचार