fbpx

सबै दलको मुख्य एजेण्डा राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक : नेता शर्मा



नेपालबहस संवाददाता
 




काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तब्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता औल्याए ।

नेता शर्माले अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु भएको स्पष्ट पारे । आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराउदै धर्मनिरपेक्षता आफूहरुको माग नभएको जिकिर गरे ।

फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए । साक्षात्कारमा कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४ औं महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरे ।

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनको आरोप छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाए । जनतालाई उत्तेजित पारेर नितान्त दलीय स्वार्थ पूरा गर्ने काम नेपालका दल र यसका नेताहरुबाट भएको उनको भनाइ थियो ।

यादवले राजपाले अब गर्ने आन्दोलनमा विचार मिल्नेहरुसँग सहकार्य गर्नेपनि जानकारी दिए । त्यस्तै उनले आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि जनाए ।


सम्बन्धित समाचार