आज प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाको संसदीय सुनुवाइ



नेपालबहस संवाददाता
 




  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई आज गर्दैछ । समितिले थपलियाविरुद्ध उजुरी दिनेहरुलाई अहिले केहीबेरमा छलफलका लागि बोलाएको छ ।

उजुरीकर्तासँग छलफल गरेपछि थपलियालाई सुनुवाईका लागि दिउँसो २ बजे बोलाइएको सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाइ भने बिहीबार गर्ने भएको छ ।

न्यायपरिषदले हालै सर्वोच्च अदालतमा कानून व्यवसायीहरु कुमार रेग्मी, हरि फुयाल, मनोजराज शर्मा र उच्च अदालतका मुख्य न्यायाधीशहरु प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई न्यायाधीशमा सिफारिस गरेको थियो । प्रस्तावित न्यायधीशविरुद्ध ५ वटा उजुरी परेको छ भने प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध ६ वटा उजुरी परेको छ ।


  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

सम्बन्धित समाचार