नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने, कारण यस्तो छ !



नेपालबहस संवाददाता
 




  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तिमा पत्रकारलाई विद्युतीय कारोबार ऐनकाे उक्त दर्फा अन्तर्गत पटकपटक पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको उल्लेख छ ।

जस अन्तर्गत आज विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि बिहीबार  बैशाख ५ गते विहान ९ः ३० देखि १०ः ३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बझाउने कार्यक्रम तय गरिएको छ ।

यसपछिका थप कार्यक्रम महासंघको बिहीबार भोलि बस्ने उपलब्ध केन्द्रीय समिति बैठकले तय गर्नेछ । महासंघले सबै जिल्ला शाखा तथा पत्रकार एवंसञ्चारमाध्यमहरुमा घोषित कार्यक्रमलाई सफल पार्न आह्रवान गरेको छ ।


  • 18
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

सम्बन्धित समाचार