विवेकशील नेपालीको प्रदर्शन : संयोजक उज्वल थापासहित १७ जना गिरफ्तार

लुटतन्त्रका अनेक कथा- नेता हौ कि भू माफिया ?



नेपालबहस संवाददाता
 




  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । विवेकशील नेपालीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। बालुवाटारको सार्वजनिक जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपालीका संयोजक उज्वल थापासहित १७ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कमलपोखरीले जनाएको छ। अहिले पक्राउ परेकालाई महानगरीय प्रहरी वृत कमलपोखरीमा राखिएको प्रहरीले जनाएको छ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा रहेको सार्वजनिक भएपछि सत्तारूढ दल नेकपाका महासचिव विष्णु पौडेलसमेत मुछिएका छन्।

विवेकशीलले आज बुधबार सरकारी जग्गामा राष्ट्रिय झण्डा गाड्ने कार्यक्रम राखेको थियो । तर, प्रहरीले निषेधित क्षेत्र भन्दै रोकेको छ । त्यसक्रममा विवेकशीलका केही नेतालाई प्रहरीले पक्राउ गरेको हो ।


  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

सम्बन्धित समाचार