भारतीय प्रधानमन्त्री मोदीका लागि दुईवटा बुलेट प्रुफ गाडी नेपालमा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं,२५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि प्रयोग हुने दुईवटा बुलेट प्रुफ गाडी नेपाल ल्याइएको छ। भारतीय वायु सेनाको कार्गो विमानबाट मंगलवार बिहान गाडी ल्याइएको हो।

आगामी शुक्रवार भारतीय प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउदै छन्। प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल आउँदा भारतबाट नै बुलेटप्रुफ गाडी ल्याउँदै आएको छ। ४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायु सेनाको विमान गाडी उतारेर फर्किएको छ। मोदीका लागि बिएम डब्लु र ल्यान्डरोभर ल्याएको हो।

हिजो भारतीय हवाई सेनाले जनकपुरमा आएर मोदीको भ्रमणपूर्वको सुरक्षा अवलोकना गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State