मौलिक अधिकार आर्थिक समृद्धि प्राथमिकतामा : अर्थमन्त्री डा खतिवडा


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘आव २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा  ( कर प्रस्ताव बाहेक ) छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेको बताए ।

मनत्री खतिवडाले संविधानप्रदत्त अधिकार नागरिकका मौलिक अधिकार कार्यान्वयन र तीव्र आर्थिक वृद्धि गर्नु सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए ।

स्वच्छ, खानेपानी, आधारभूत स्वास्थ्यको पहुँच, स्वास्थ्य बीमामा सबैको आवद्धता, निरक्षरता उन्मूलन, सार्वजनिक शिक्षालाई थप प्रभावकारी, रोजगारी सिर्जना, नयाँ नयाँ कामका अवसर, श्रमिकका दक्षता अभिवृद्धि तथा पर्यटनको विकास आव २०७५÷७६ को प्राथमिकतामा रहेको मन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःनिर्माण उच्च प्राथमिकतामा रहने र सामाजिक सुरक्षाको दायरा वृद्धि गरिने पनि प्राथमिकता रहेको बताए।

तपाईको प्रतिक्रिया
Road Show Real State