सम्बोधन मार्फत मोदीले जनकपुरमा स्वागतका लागि आभार प्रकट


Share This

नेपालबहस संवाददाता    

जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा पाएको स्वागतका लागि आभार प्रकट गरेका छन् । मोदीलाई जनकपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । स्वागत पछि उनले जानकी मन्दिरमा पूजाअर्चना गरे ।

लगतै जनकपुर अयोध्या बस सेवा सुरु गर्ने क्रममा भारतीय मोदीले सम्बोधन गरे । उनले नेपाली समकक्षी केपी शर्मा ओलीलाई ‘मेरे भाइसाब’ भन्दै आफ्नो स्वागतका लागि जनकपुर आएकोमा खुसी व्यक्त गरे ।

उनले जनकपुरमा आफूले पाएको सम्मान सिंगो भारतबासीका लागि भएको बताए । अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको भन्दै भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

तपाईको प्रतिक्रिया
Road Show Real State