प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता


Share This

नेपालबहस संवाददाता    

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ होटल द्वारिकाजमा एक्लाएक्लै भेटवार्ता हुने भएको छ।

बालुवाटार स्रोतका अनुसार साँझ ६ बजेपछि होटलमा दुई प्रधानमन्त्रीबीच भेट हुने भएको छ। दुई प्रधानमन्त्रीको एक्लाएक्लै भेटपछि प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता लागेको हो ।

सोही होटलमा भारतीय प्रधानमन्त्री मोदीले पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रि कार्यालयले जनाएको छ ।

होटलबाटै दुबै प्रधानमन्त्रीले संखुवासभामा बन्न लागेको ९०० मेगावाटको अरूण तेस्रोको शिलान्यास पनि रिमोट मार्फत् उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी मोदीको सम्मान रात्रीभोज पनि आयोजना गरेका छन्।

प्रधानमन्त्रीसँगको भेटअघि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने कार्यक्रम छ। दुई दिने राजकीय भ्रमणका लागि मोदी जनकपुर हुँदै आज अपरान्ह काठमाडौं आएका हुन्।

केहीबेरमा उनलाई टुँडिखेलस्थित सैनिक मञ्चमा गार्ड अनर दिइँदैछ। यसअघि उनलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो।

तपाईको प्रतिक्रिया
Road Show Real State